देश विदेश

पोर्चुगलमा कोरोनाको दोश्रो लहर शुरु : अस्पताल भर्ना हुने कोरोना संक्रमित बढे, २४ घण्टामा ९ को मृत्यु।

शेयर गर्नुहोस्

जिएनएन ,लिस्बन ,

पोर्चुगलमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन्। कोरोना संक्रमितहरुको लगातार वृद्धिसंगै अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि वृद्धि भएको छ। कोरोना संक्रमणले स्वास्थ्य अवस्था जटिल भएका ६३५ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।

यो संख्या अघिल्लो दिनको तुलनामा २० ले बढी हो। अस्पताल भर्ना भएकाहरुमध्ये ८९ जनाको अवस्था चिन्ताजनक रहेको छ। पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् भने थप ६६५ जनालाई संक्रमण पुष्टि भएको छ। यो संगै पोर्चुगलमा कुल संक्रमितहरुको संख्या ७३ हजार ६०४ पुगेको छ। आज मात्रै कोरोनाका कारण मृत्यु भएका ९ जनामा ५ जनाको लिस्बनमा, २ जना उत्तरीक्षेत्रमा र बाँकी २ जना मध्यक्षेत्रका रहेका छन्।

हालसम्म पोर्चुगलमा एक हजार ९५३ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै २६७ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो संगै हालसम्म निको हुनेको संख्या ४७ हजार ६४७ पुगेको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *