वैदेशिक रोजगार कार्यालय ताहाचलले केही दिनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ। कार्यालयका निर्देशक तथा सूचना अधिकारी टिकामणी नेउपानेका अनुसार एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजबाट कामकाज बन्द गरिएको हो। ‘कार्यालय खुला रहेपनि श्रम स्वीकृत लगायत पब्लिकसँग सम्पर्क हुने कामहरु बन्द गरिएको छ’, उनले भने, ‘अन्य कर्मचारीहरुलाई पनि मापदण्ड अनुसार ट्रेसिङको तयारी गरिएको छ।’
श्रोत: नागरिक
Facebook Comments Box