देश विदेश

मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुलेको अभियोगमा नेपाली नै पक्राउ

शेयर गर्नुहोस्

मलेसियामा व्यवसाय गर्ने एक नेपाली त्यहाँ एक नेपालीलाई नै बन्धक बनाएर रकम असुलेको अभियोगमा पक्राउ परेका छन् । मलेसियामा डेभिड भनिने चिनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार पक्राउ गरेको हो । उनी नेपाल आएको समयमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार श्रेष्ठले मलेसियामै काम गर्ने मोहम्मद रैदासलाई नियन्त्रणमा लिएर ७ दिनसम्म अपहरण गरेका थिए । उनले रैदासकी श्रीमतिलाई नेपालमा फोन गरेर पटक पटक गरी रकम असुलेर छोडेको प्रहरीको भनाई छ । ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार रैदासकी श्रीमतीले पटक पटक गरी १५ लाख ९२ हजार रकम श्रेष्ठलाई पठाएकी थिइन् ।

मलेसियामा रेष्टुरेण्ट चलाउने श्रेष्ठ २२ बर्षदेखि त्यहाँ रहेको बताइएको छ । श्रेष्ठले आफ्ना चालकको कोठामा रैदासलाई बन्धक बनाएर राखेको प्रहरीको भनाई छ । बन्धक बनाइएका रैदासकी श्रीमतिले हिमालय बैंक मार्फत रकम जम्मा गर्न थालेपछि प्रहरीसम्म घटनाको जानकारी पुगेको थियो ।श्रेष्ठलाई मंगलवार काठमाडौंको कान्ती बाल अस्पताल नजिकबाट एउटा जिपमा यात्रा गरिरहेको समयमा पक्राउ गरिएको प्रहरीको भनाई छ । बन्धक बनाइएको घटना ३ महिना अगाडीकोे हो । बैंकमा जम्मा गरिएको रकम श्रेष्ठले नेपाल फर्केर निकालेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *