देश विदेश

एकैदिन ३३ सयभन्दा धेरै डिस्चार्ज, २७ सय २२ जना नयाँ सङ्क्रमित थपिए

शेयर गर्नुहोस्

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लाे २४ घण्टामा १४ हजार सात सय २२ जनाकाे नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३३ सय सात जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।  

आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाकाे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *