लार्नाकामा बम फेला पारेपछि

शेयर गर्नुहोस्
०६ अक्टोबर २०२०/लिमासोल

लार्नाका एउटा सक्रिय ग्रिनेड बमलाई निस्क्रिय गरिएको छ। सोमबार दिउँसो लार्नाकाको अरादिपू आवासीय क्षेत्रमा स्थानीय व्याक्तिले ग्रिनेड फेला पारेको जानकारी पाए पछि तत्काल प्रहरी पुगेको थियो। सर्वसाधारण को जीवन लाइ खतरा हुने भए पछि सतर्कता अपनाउदै सो क्षेत्रलाई तुरुन्तै सिल गरि बम डिस्पोजल टोलीले करिब २ घन्टाको समय लगायर उक्त बम निस्क्रिय पारेको हो। ग्रिनेड एउटा सानो बम हो जसको पिन निकालेर हातले फ्यालिन्छ।

यदि कुनै पनि स्थानमा शंकास्पद बस्तु देखे वा भेटेमा तुरुन्त खबर गर्न प्रहरीले अनुरोध गरेको छ। शंकास्पद वस्तु देखे वा भेटेमा छुने वा सार्ने कोसिस नगरी सो स्थानको को सके सम्म धेरै जानकारी प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

श्रोत : फिले न्युज

यो पनि पढ्नुहोस : साइप्रस मा बढ्दै छ कोरोना , कति पुग्यो संख्या ?

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *