प्रवास

एन आर एन ए बिशेस अधिबेशनको बिषयमा पत्रकार युरोप शाखाको ४७औं श्रृंखला

शेयर गर्नुहोस्

द्रोण रिजाल,

नेदरल्यान्ड्स  नेपाल पत्रकार महासंघ युरोप शाखाको जनावरी २ तारिख भएको ४७ औ शृंखलामा अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका बिधान संसोधन समितिका संयोजक भुषण घिमिरे र केन्द्रीय कोसाध्यक्ष महेश श्रेष्ठ संग बिशेस बहस गरेको थियो |

आउदो जनावरी २३ र २४ तारिख भर्चुयल माध्यमबाट गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदले अघिल्लो अधिबेसनबाट निर्णय हुननसकेका केहि एजेण्डाहरुमा छलफल गर्दै पारित गर्नका लागि बिशेस अधिबेशन आह्वान गरेको हो | यसै सेरोफेरोमा रहेर बिशेस अशिबेशनमा के कस्ता एजेन्डा समाबेस हुनसक्लान भन्ने जन चासोलाई उजागर गर्न पत्रकार महासंघ युरोप शाखाले एन आर एन ए अभियन्ताहरुसंग बिशेस बहस गरेको थियो |

२०१९ मा काठमान्डुमा भएको महाधिबेशनबाट समय अभाब र आर्थिक प्रतिबेदन पास हुननसकेकाले बिशेस अधिबेशन बोलायर प्रतिबेदन प्रस्तुत गर्ने निर्णय भएको कोसाध्यक्ष महेश श्रेष्ठले जानकारी गराए | पत्रकारहरुको विभिन्न प्रस्नहरुको जवाफ दिदै श्रेष्ठले आफ्ना भाबी प्रोजेक्टका योजनाहरु सार्बजनिक गरेका थिए |

भौगोलिक बिकट र परिवर्तित मौसमका कारण केहि परियोजनाहरुमा ढिलाई भएको स्वीकार गर्दै अहिलेको कार्यसमितिले त्यसमा पूर्णता दिनेमा बिस्वस्थ रहन आग्रह गरेका थिए | आर्थिक , प्रशासनिक नियमावली , आन्तरिक बाह्य लेखा परिक्षक, सबै आर्थिक क्रियाकलापहरु संथाको वेबसाइटमा राख्ने सम्मका कामहरु भैसकेकोले अबका दिनमा आर्थिक अनियमितता हटेर जानेमा जोड दिएका थिए |

एन आर एन ए को सदस्यता निशुल्क बिषयमा आफ्नो धारणा राख्दै बिशेस अधिबेशनले पारित गरेमा अर्को कार्यकाल देखिमात्र लागु गर्नुपर्ने भन्दै आम्दानीको अन्य श्रोत नहुन्जेल रास्ट्रिय समन्वय परिषदलाइ आर्थिक मार पर्नेमा दुई मत नरहनेमा उनको बिशेस जोड थियो | प्रस्तावित विधानमा केहि संशोधन गर्नुपर्ने भएकले आफ्ना संशोधित प्रस्तावहरु बिशेस अधिबेशनमा पेश गर्ने भन्दै बर्तमान कार्यसमिति, रास्ट्रिय समन्वय समितिका शुझाबहरु, पुर्व अध्यक्षज्युहरु, एन आर एन अभियन्ताहरुको सल्लाह र शुझाबको आधारमा तयार पारिएकाले संशोधित प्रस्तावहरु पास हुनेछन भन्दै अघिल्लो महाशिबेशनमा चुनाबी चहलपहलले गर्दा अरु केहि महत्वपुर्ण इस्युहरु ओझेलमा परेको बिधान संशोधन समितिका संयोजक भुषण घिमिरेले औलायाएका थिए |

बिधान संशोधनमा केहि फिक्काहरु हुन्छन त्यसलाई बिशेस अधिबेशनमा जुटेर अगाडी बढ्ने कुरामा आशाबादी रहेको संयोजक घिमिरेको जोड थियो | बिशेस बहसको अध्यक्षता पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए भने कार्यक्रम संचालन काबा महासचिब द्रोण रिजाल सहित कार्यसमितिका सदस्यहरु क्रमश: प्रेम परियार, रविचन्द्र भट्टराई, राज कुमार थापा, प्रेम पोमु, शेर बहादुर परियार, सरला कट्टेल लगाएत पत्रकारहरुको सहभागिता थियो |

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *