देश विदेश

नेपालमा सच्चा कम्युनिष्ट नै नभएको :- कांग्रेसका बरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस्

ओम शर्मा
जिएनएन ,नेपाली काङ्रेशका नेता रामचन्द्र पौडेलले नेपालमा सच्चा कम्युनिस्टनै नभएको बताउनु भएको छ् । नेपाली जनसंपर्क समिती बेल्जियमले ४५ औ मेलमिलाप दिवसको अबसरमा आयोजना गरेको ”बिपीको मेलमिलापको सान्धर्भिकता” बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कम्युनिष्टको नाममा अबसरबादीहरुको जमात मात्र भएको र बिचार व्यबहारले उनीहरुलाई कम्युनिस्ट भन्न सकिदैन भन्नु भयो ।

नेपाल आफनै खुट्टामा उभिएर बाँच्न सक्छ , कुनै अन्तरराष्ट्रिय शक्तिको प्रयोगको थलो नेपाल बन्नु हुँदैन, राष्ट्रिय स्वाभिमाननै मेलमिलाप र एकताको बिपिको सुत्र भएको भनाइ थियो । दक्षिण एसिया बिशेषगरी नेपाल अहिले अन्तरराष्ट्रिय शक्तिहरुको ‘जोन अफ टर्माइन’ भएको छ भन्दै नेपाली काङ्रेसले मात्र त्यो जालो तोडेर नेपाललाई स्थाईत्व र बिकास दिन सक्ने भएकोले देश बिदेशमा रहेका नेपाली काङ्रेका कार्यकर्ताहरुलाई आपसी मतभेद भुलेर सकृय भएर पार्टीलाई सहयोग पुग्ने काम गर्न आग्रह गर्नु भयो ।

नेपाली काङ्रेसका महामन्त्री सशांक कोइरालाले नेपाली काङ्रेस ईतिहासका हरेक कठिन् मोडमा देशको नेत्रित्व गरेर निकास दिएको छ भन्दै केपी वलीले गरेको संसद बिघटनले देशलाई अँध्यारो बाटोमा लगेकोले कानुनी र आन्दोलनको माध्यमले त्यसलाई सच्याउनु पर्ने धारणा राख्नु भयो । नेपाली काङ्रेशका नेता अर्जुन नरसिंह केसीले नेपाली काङ्रेसले सत्तामोह नगरी गणतन्त्रको रक्षाका लागि लाग्नु पर्ने अवस्था आएको छ भन्नु भयो ।

जनताले दुई तिहाई बहुमत दिएको कम्युनिस्ट सत्ताले गरेको कुकर्मको व्याख्यान स्वयम केपी वली र प्रचन्डले बैठकमा पेश गरेका आफ्ना १९ र ३७ बुदे प्रस्ताबमा गरी सकेका छन भन्दै काङ्रेसले जनताको टुटेको विश्वाशलाई जगाउनु पर्ने बताउनु भयो । नेपाली काङ्रेसका अर्का नेता रामशरण महतले भारतमा आपतकाल लागेको , सिक्किमलाई भारतले आफुमा गाभेको र अन्य विश्व परिस्ठिति पनि नेपाली सार्बभौम सत्ताको लागि खतरा देखेर बिपी कोइरालाले आफुलाई मृत्युदन्ड हुन सक्ने अवस्था हुँदा पनि मेलमिलापको निती लिएर देश फर्कनु भएको हो र आज पनि राष्ट्रिय शक्तीहरुको मेलमिलाप अझ बढी आबस्यक छ भन्नु भयो ।

नेपाली काङ्रेसले आफ्नो ब्यबस्थापकीय सुधार गरेर जनताको बिकास र सम्ब्रिद्धिको चाहना पुरा गर्न कृयाशिल हुनु पर्ने उहाको भनाइ थियो । नेपाली काङ्रेश चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाली काङ्रेशले प्रजातान्त्रिक मुल्यमान्यताका एजेन्डा चुकेमा सधैं जनताले सजाए दिने गरेका छन भन्दै चितवनमा प्रचन्ड सँग गरेको चुनावएे तालमेलले संगठन कमजोर बनाएको दाबी गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैर आबासीय नेपाली संघका सल्लाहकार कुल आचार्य , विश्वआदर्श पन्डित , जानकी गुरुङ ,युरोप सन्योजक नारायण आचार्य , नेपाली जनसंपर्क समितीका शभापतीहरु बिरेन्द्रसिङ्ग कार्की डेनमार्क, ईन्द्र शर्मा स्पेन, सुधिर राना फ्रान्स, जितेन्द्र शाही नर्वे , प्रेमसिङ गुरुङ नेदरल्यान्ड, बालक्रिष्ण सापकोटा लग्जेमबर्ग, पदम सुन्दर राहुल गुरुङ बहराइन , राजेन्द्र बिरही कुबेत , खगेश्वर अधिकारी इजरायल, बुद्दी प्रकाश वली क्यानडा, श्याम सापकोटा स्वीटजरल्यान्ड लगायत ईन्द्र छेत्री पकवान, , चिरन्जिबी ढकाल ,पूर्ण हमाल , सुबाश जोशी , बिष्णु सुबेदी, बालक्रिष्ण पाण्डे, यादब पन्डितले मेलमिलाप दिवसको महत्व, राष्ट्रिय शक्तीहरुको एकता र मेल मिलाप , प्रबासका नेपालीहरुको नेपाली काङ्रेस सँग गरिएको अपेक्षा र देश बिकाशका लागि काङ्रेसले खेल्नु पर्ने भूमिका लगायतका बिषयमा धारणा राख्नु भएको थियो ।

नेपाली जनसंपर्क समितीकी सभापती सीता सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ उपसभापती देबु शर्मा पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । प्राबिधिक सन्योजन दिनेश भण्डारी, नरहरी सापकोटा र जगदिश सापकोटाले गर्नु भएको कार्यक्रमको सन्चालन पूर्ण तिमील्सिनाले गर्नु भएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *