साइप्रस न्युज

साइप्रसको आजको ३ खबर

शेयर गर्नुहोस्

२२ जनवरी २०२१/लिमासोल

कोरोना अपडेट
आज कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज १२२ मा कोरोना संक्रमण पुष्ठि भएको हो। आज को संक्रमण सहित हाल सम्म सन्क्रमित को संख्या २९,७६८ पुगेको छ।  पछिल्लो २४ घन्टामा ९,६३५ पिसिआर र र्‍यापिड टेस्ट गरिएको थियो। हाल सम्म १७९ जनाले कोरोनाबाट ज्यान गुमाइ सकेका छन् ।
संक्रमण बाट अस्पताल मा भर्ना हुने मध्य २३ जना आइसियु मा भर्ना भएका छन् ।

लकडाउन खोल्न बारे विभिन्न मन्त्रालयको छलफल

सरकारले लक्डाउनलाई कम जोखिमका साथ चरणबद्ध रुपमा खोल्ने बारे रणनीति बनाउन कोरोनाभाइरस सल्लाहकार समिती सङ छलफल गरेको छ।
जनवरी १० देखि लागू लकडाउन पश्चात् कोरोना संक्रमणको संख्यामा कमि आइरहेको देखिए पनि अस्पताल भर्ना हुने बिरामीको क्रम हेरेर अवस्था जोखिमपुर्ण रहेको समितिले स्वास्थ मन्त्री कोन्स्तान्तिनुस आयान्नुलाई बताए।
संक्रमण कम देखीए पनि उच्च जोखिम रहेको समितिले बताएको हो ।
स्वास्थ्य मन्त्रीका अनुसार ३१ तारिख पछि लक्डाउनलाई कम जोखिममा कसरी खोल्ने भन्ने बारे स्वास्थ्य, अर्थ, श्रम,शिक्षा मन्त्रालय बिच छलफल जारी रहेको छ। सल्लाहकार समितीले जनवरी २५ मा रास्ट्रपति निकोस अनास्टसियादेश सङ पनि भेट गर्ने कार्यक्रम गर्नेछ। रास्ट्रपति सङ हुने भेट महत्त्वपूर्ण रुपमा हेरिएको छ।

भुकम्प पछि आए ३ पराकम्प

बिहिबार दिउसो आएको ५.४ रेक्टर स्केल को भुकम्प पछि २.४ भन्दा कमका ३ पराकम्प गएको भुगर्भ विभागले जनाएको छ। विभागका अनुसार भुकम्पिय जोखिम क्षेत्रमा रहेकोले साइप्रसमा जुनसुकै बेला पनि भुकम्प आउन सक्छ। यश अघि २०१५ देखि २०१८ सम्म हरेक साल लगातार भुकम्प आएको थियो। हिजो को भुकम्प र पराकम्पमा कुनै भौतिक र मानवीय क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *