प्रवास

मलेसियाबाट १७ जनाको शव ल्याइयो, सरकारको ढिलासुस्तीले अझैपनी दुई दर्जन शव अलपत्र

शेयर गर्नुहोस्

काठमाडौ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत लाखौंलाख नेपाली श्रमिकमध्ये विभिन्न कारणबस मृत्यु भएका १७ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव आज शनिबार बिहान ल्याइएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर शव त्यहाँ अलपत्र अवस्थामा थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको निगम स्रोतले जनाएको छ।

मलेसियामा मृत्यु भएका बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव नेपाल आएको हो ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले आज बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो। शव लिन शुक्रबार निगमको विमान मलेसिया गएको थियो।
स्रोतले दिइएको जानकारी अनुसार आज फिर्ता भएका शवहरु गत बर्ष २०२० मै मृत्यु भएका मृत नेपालीहरुका हुन। अझैपनि मलेसियामा दुई दर्जन मृत नेपालीको शव अलपत्र अवस्थामै अस्पतालमा रहेको छ।
मलेसिया स्थित नेपाली दूतावासले नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई लामो समयदेखि पटकपटक अनुरोध गर्दागर्दै बल्लतल्ल १७ वटा मृत शव नेपाल फर्काउन सकिएको हो।

नेपाल सरकार मातहतको सम्बन्धित मन्त्रालयको ढिलासुस्तीले समयमै शवलाई नेपाल पठाउन नसक्दा मलेसियामा मृत नेपालीको शव लामो समयसम्म यसरी नै बारम्बार अलपत्र पर्ने गर्ने गरेको छ।
जसले गर्दा अन्तिम दाहसंस्कारको लागी मृतकको शव कुरेर बसेका परिवारमा थप पीडा थपिने गरेको जनगुनासोको खबर आउने गरेको चमार कल्याण समाजका महासचिव राम किशोर मोची चमारले जानकारी दिएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *