Uncategorized

सपनामा श्रीमानले देखेको नम्बर खेल्दा क्यानडामा एक महिलालाई ६० मिलियनको लोटरी

शेयर गर्नुहोस्

सपनामा श्रीमानले देखेको नम्बर खेल्दा क्यानडाको ओन्टारियोमा एक महिलालाई ६० मिलियन डलरको लोटरी परेको छ । ५७ बर्षकी देङ प्रभाताउदम नामकी ती महिलालाई ६० मिलियन क्यानेडियन डलरको लोटरी परेको हो ।

२० बर्ष अगाडि उनका श्रीमानले सपनामा एकसेट लोटरीका नम्बर देखेका थिए । त्यसपछि लगातार उनले त्यही नम्बरका लोटरी किन्दै आएकी थिइन् । २० बर्षपछि उक्त सपना साँचो भएको छ ।

सोमबार ओन्टारियोको लोटरी तथा खेल ओएलजीले यसको खुलासा गरेको हो । दुई बच्चाकी आमा देङ महामारीका कारण कामबाट विदा लिएर घरमै बसिरहेकी थिइन् । उनका श्रीमानले गाडीमै बसेर लोटरीको टिकट चेक गर्दा उनी बैंकमा केही बिलहरु तिर्न गएकी थिइन् ।

जब उनी गाडीमा फर्किइन् । तब उनका श्रीमानले ६० मिलियन डलरको लोटरी जितेको बताए । सुरुमा आफूलाई विश्वासै नलागेको र खुशीले रोएको ती महिलाले बताइन् । अहिले उक्त पैसाले घर किन्ने र महामारी सकिएपछि विश्व भ्रमणमा निस्कने ती महिलाले बताइन् ।

ती महिला सन् १९८० मा आफ्ना १४ दाजुभाई दिदीबहिनीहरुसहित लाओसबाट क्यानडा आएकी थिइन् । झण्डै १० बर्षसम्म उनी र उनका श्रीमानले परिवार पाल्नका लागि निकै मिहिनेत गरेका थिए । उनीहरु निकै गरिब भएका कारण चर्चले उनीहरुलाई स्पोन्सर गरेको थियो ।

झण्डै ४० बर्षसम्म निकै मिहिनेत गरेर काम गरेका उनीहरुलाई लोटरी परेपछि अबको जीवन सुखका साथ वित्ने अपेक्षा गरेका छन् । आफ्नालागि केही हिरा किन्ने र बिलहरु तिर्ने, त्यसपछि परिवारलाई सहयोग गर्ने उनले बताइन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *