देश विदेश

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि अत्यन्त जरुरी सूचना

शेयर गर्नुहोस्

माघ १४,काठमाण्डाैं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि महत्वपूर्ण जानकारी निकालेकाे छ । राेजगाारलाइ मर्यादित बनाउन सूचना हाे । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ ।

यसर्थ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्‍याई यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र वैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि महत्वपूर्ण जानकारी १० बुंदामा हेराैं । 

१. वैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्‍याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्‍त गर्न सकिन्छ । संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन ? तथा खारेजीमा परेको छ छैन ? बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्‍त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।

२. वैदेशिक रोजगारमा जांदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्‍ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्‍नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।

३. वैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्‍ठ जानकारी राख्‍नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्‍त छैन । यी कसैलाई पनि रकम नदिनुहोस ठगिने वढी सम्भावना हुन्छ ।

४. आफ्नो नाममा भिषा प्राप्‍त भई वैदेशिक रोजगारमा जाने निश्‍चित भएपछि मेनपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।

५. इजाजत प्राप्‍त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।

६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्‍नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्‍नुहोस् ।

७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्‍नुहोस् । अथवा जानेको मानिससँग लेख्‍न लगाउनुहोस् ।

८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस् ।

९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।

१०. कल्याणकारी कोषमा रु १,५००।- बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।

 श्रोत ः बैदेशिक रोजगार विभाग ,काठमाडौ नेपाल

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *