देश विदेश

आफू कम्तीमा १८० वर्ष बाँच्ने अर्बपतिको भविष्यवाणी, लामो आयुका लागि करोडौं खर्चिंदै

शेयर गर्नुहोस्

काठमाडौं। अमेरिकाका एक अर्बपति व्यवसायीले आफू कम्तीमा पनि १८० वर्षसम्म बाँच्ने भविष्यवाणी गरेका छन् । ४७ वर्षका डेभ एस्प्रेले लामो आयु बाँच्नको लागि केही विशेष विधिको खोजी गरेको समेत दावी गरेका छन् । लाइफस्टाइल गुरुको रुपमा परिचित डेभका अनुसार आयु बढाउने उनको यो विधि घरघरमा मोवाइल फोनजस्तै आम रुपमा प्रयोग हुनेछ ।

डेलीमेलको रिपोर्टअनुसार डेभले आफू कम्तीमा पनि २१५३ सालसम्म जीवित रहने दावी गरेका छन् । लामो आयु पाउने आफ्नो विधिलाई उनले बायोह्याकिङ नाम दिएका छन् । डेभका अनुसार लामो आयु पाउनको लागि उनी कोल्ड क्रायोथेरापी च्याम्बरको प्रयोग गर्छन् । उनले केही समयसम्म उपवास पनि गर्छन् । यसका साथै आफ्नो शरीरबाट स्टेम सेल निकालेर फेरि आफ्नै शरीरमा हाल्नको लागि उनले ठूलो रकम खर्च गरिसकेका छन् ।

आफ्नै स्टेम सेल निकालेर फेरि शरीरमा हाल्ने यो प्रक्रियामा प्रति सेसन २५ हजार डलर खर्च हुन्छ । डेभसँग उनी किन यति लामो समय बााच्न चाहन्छन् भनेर सोधिएको थियो । जवाफमा उनले आफू जिज्ञासु भएको बताउँदै आफूलाई हामीले धेरै कुराहरु सुधार गर्न सकिने लागेको र आफूले सबै कुरा गरिसकें भन्ने महसुस नभएको बताए । उनले आफ्नो शरीरलाई राम्रो बनाउनको लागि १ मिलियन डलर खर्च गरिसकेका छन् । डेभको दावीअनुसार पृथ्वीमा भएका अन्य कुनै पनि व्यक्तिको शरीरमा भन्दा उनको शरीरमा धेरै स्टेम सेल छन् । उनका अनुसार उनी आफ्नो खाने र सुत्ने समयमा पनि निकै नियन्त्रण राख्छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *