देश विदेश

बारामा प्रधानमन्त्रीको पुतला दहन, प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

शेयर गर्नुहोस्

जनता समाजवादी पार्टी बाराले कलैयामा आईतबार प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ।

संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले संघिय लोकतन्त्रलाई कमजोर बनाउने खोजेको आरोप लगाउँदै जसपाले उनको पुतला दहन गरेको हो।

कलैयाको रामजानकी मन्दिर परिसरबाट प्रधानमन्त्रीको पुलता जलाउँदै शुरु गरिएको बिरोध प्रदर्शन  भरतचोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको ल्यसलाई निभाउन खोजेको थियो।

प्रधानमन्त्री ओलीको पुतला दहनलाई प्रहरीले निभाउन खोज्दा जसपाको कार्यकर्ताहरुले त्यसलाई बचाउन खोज्दा केही बेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो।  

जसपा बाराका प्रवक्त अरुण सिँहले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

प्रहरीको हस्तक्षेपको कारणले प्रधानमन्त्रीको पुलता दहन गरि रहेको सुशिल कुमार यादव, शशि केशरी लगाएतका नेता कार्यकर्ताहरुको आगोबाट हात र कपडाहरु जलेको सिँहले बताए।

 

प्रकाशित: २५ माघ २०७७ १८:०८ आइतबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *