भागरथी भट्ट हत्या प्रकरण : दोषीलाई कानुनको दायरमा ल्याउन विवेकशील साझाको आग्रह

शेयर गर्नुहोस्

विवेकशील साझा पार्टीले भागरथी भट्ट हत्याकाण्डको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न आग्रह गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनको दायरमा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायलाई अनुरोध गरेको छ।  

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मा.वि.खोच लेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको  माघ २१ गते बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।  

न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा ऐक्यवद्धता रहेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताएका छन्। यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भनेर पार्टीले सचेतसमेत गराएको छ।

सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको पार्टीको ठहर छ।  

 

 

प्रकाशित: २५ माघ २०७७ १८:०३ आइतबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *