देश विदेश

सवारी चालक अनुमति पत्रको लिखित परिक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

शेयर गर्नुहोस्

माघ २५, काठमाडौँ । अब सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा पास हुनेले १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । आ

इतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले  लिखित परिक्षा पास भएको ९० दिन भित्र मात्र तीनपटकसम्म रि-ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था परिवर्तन गरेको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको समयावधिलाई बढाएर १८ महिना कायम गरेको विभागका निर्देशक डा. लोकनाथ भुसाल जानकारी दिए ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’ भुसालले भने ।

इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी दर्ता प्रक्रियासमेत अद्यावधि गरिएको विभागले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *