देश विदेश

भारतकाे उत्तराखण्डमा हिमताल फुट्दा धाैलीगङ्गा नदीमा बाढी

शेयर गर्नुहोस्

काठमाण्डाै – भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेकाे आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका छन् ।  

यस नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिँदै गरेको बीबीसीले जनाएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ लाग्नुभएको बताइएको छ । उहाँले ट्वीट गर्दै अफवाह नफैलाउन ध्यान दिँदै पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ ।

चमोली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेकाे छ, ‘तपोवन क्षेत्रमा एक हिमताल फुट्दा ऋषि गङ्गा जलविद्युत् आयाेजना क्षतिग्रस्त भएकाे छ । अलकन्नदा नदीकाे किनारमा रहेकाहरूलाई चाँडाेभन्दा चाँडाे सुरक्षित ठाउँमा जान आग्रह गरिएकाे छ ।’ 

यस घटनामा के–कति क्षति भयाे भन्नेबारेमा यकिन भइसकेकाे छैन ।    


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *