देश विदेश

भागरथी भट्ट हत्या प्रकरण : मानवअधिकार आयोगद्वारा घटनाको अनुगमन सुरू

शेयर गर्नुहोस्

बैतडीमा बलात्कार पछि हत्या भएको भागरथी भट्टको घटनामा नेपाल मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ।  

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार आयोगको प्रदेश कार्यालय धनगढीबाट घटनाबारे अध्ययन गर्न टोली बैतडी प्रस्थान गरेको छ।  

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मा.वि.खोच लेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको  माघ २१ गते बलात्कारपछि हत्या भएको थियो।

यो पनि पढ्नुहोस्

भागरथीको बलात्कारपछि हत्या

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गर्दै पत्राचारसमेत गरेको छ। विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडक अन्तर्गत लवलेक जङ्गलमा विभत्स हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो। बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नु पर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बालमनोविज्ञानमा नकारात्मक असर परेको आयोगले बताएको छ।  

मानवअधिकारको विश्वव्यापी घोषणपत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, बालअधिकार सम्बन्धी महासन्धि १९८९ तथा नेपालको संविधान एवं प्रचलित अन्य कानुनले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्नपाउने, सुरक्षित रहन पाउने तथा न्यायप्राप्तिको अधिकारको प्रत्याभूति गरेको आयोगले भनेको छ।

उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन आयोगने सरकारलाई आग्रह गरेको छ।

 

प्रकाशित: २५ माघ २०७७ १४:५१ आइतबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *