सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्रै

शेयर गर्नुहोस्

काठमाण्डाै – सरकारी कोषबाट भुक्तानीको  लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ ।

सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।

राजपत्रमा प्रकाशित भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३० दिनको हुने सरकारी निर्णय आएपछि जारी भएका चेकको अवधि १५ दिन मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि सरकारी कोषबाट जारी हुने चेकको अवधि ३० दिनसम्म रहने व्यवस्था थियो । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *