हिउँले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

शेयर गर्नुहोस्

सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन्। सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो।      

मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाडौँबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए।      

सडकमा हिउँ जम्नाका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए। हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होशियारीका साथ सवारी साधन चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ। रासस     

 

प्रकाशित: २५ माघ २०७७ १४:३५ आइतबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *