देश विदेश

म्यानमारमा सैनिक ‘कु’ विरुद्ध विशाल प्रदर्शन

शेयर गर्नुहोस्

म्यानमारमा सैनिक ‘कु’ विरुद्ध दशकयताकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । त्यहाँ सैनिक ‘कु’ विरुद्ध १०औं हजार मानिस सडकमा उत्रिएको बिबिसीले जनाएको छ ।

सडकमा उत्रिएका मानिसले सेनाको निर्णयको विरोध गर्दै नेत्री आङ साङ सुकीलाई तत्काल रिहा गर्न माग  

गरेका छन् । ‘हामी सैनिक तानाशाह चाहँदैनौं । हामी प्रजातन्त्र चाहन्छौं,’ मुख्य सहर याङ्गुनमा आयोजित ¥यालीमा सहभागीले नारा लगाउँदै भनेका छन् ।

‘कु’ पछि त्यहाँको सेनाले इन्टरनेट सेवा रोकेको थियो । उक्त सेवा आइतबार खुलाइएको छ ।

सेनाले नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको बताउँदै केही दिनअघि निर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा राखेर सत्ता हातमा लिएको हो । सत्ता हातमा लिएपछि सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । 

प्रकाशित: २६ माघ २०७७ ०७:२९ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *