देश विदेश

कम्युनिस्ट आन्दोलनप्रति ओलीको निष्ठा कमजोर भयाे : माधवकुमार नेपाल

शेयर गर्नुहोस्

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निष्ठा कमजोर भएको बताउनुभएको छ । 

आइतवार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनप्रति प्रधानमन्त्री ओलीको निष्ठा र आस्था कमजोर भएको बताउनुभएको हो । कम्युनिस्ट आन्दोलनप्रति ओलीको ​प्रतिबद्धतासमेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादको रूपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले आफूहरूको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताउनुभयो । संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उहाँको भनाइ छ । 
आफूहरूले कुर्सीको हानाथाप नगरि न्याय र सत्यका लागि आवाज उठाइरहेकाले आफूहरूको बाटो सही रहेको नेता दाहालले बताउनुभयो ।  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *