देश विदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः विदेशी विज्ञ टोली नआउँदा काम प्रभावित

शेयर गर्नुहोस्

माघ २६, काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । 

उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो ।

यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुनिता कार्कीले लेखेकी छिन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *