देश विदेश

अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

शेयर गर्नुहोस्

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ ।

बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् विश्व रेकर्ड राखेपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली गएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिएका हुन् । उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गरेका थिए


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *