देश विदेश

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु हुन्छः लक्ष्मणलाल कर्ण

शेयर गर्नुहोस्

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने स्पष्ट पारेका छन् । त्यसको लागि दलहरु आन्तरिक छलफलकै क्रममा रहेको उनको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता कर्णले जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आफ्नो प्रतिनिधिमार्फत गरेको सुनाउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे । उनले भने,‘यो हाम्रो लोकतन्त्र प्रतिनिधिमूलक लोकतन्त्र हो । लोकतन्त्रको समाप्ति एक जना व्यक्ति, प्रधानमन्त्रीले गर्नुभयो । एक जना व्यक्ति, प्रधानमन्त्रीले मात्रै संसद विघटन गरिदिएर जनताको अधिकार खोसिदिए ।’

उनले अहिलेको अवस्थामा संविधान रहने हो कि होईन ? गणतन्त्र, लोकतन्त्र, संघीयता रहने हो कि होईन भन्ने विषयमा ठूलो चूनौति आएको पनि सुनाए । उनले भने,‘यो चूनौतिको सामना गर्नको लागि नेकपा दुई समूह विभाजित छ । एक समूह सडकमा छ । कांग्रेसपनि सडकमा छ । जसपा पनि सडकमा छ । हाम्रो पार्टीको त चौथो चरणको आन्दोलन अस्ति माघ २३ गते समाप्त भएको छ। आज सम्पूर्ण जिल्लाको सदरमुकाममा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम सम्पन्न हुन्छ । नेपालमा पटक पटक प्रतिगमन भयो । यसपालि पनि प्रतिगमन भयो ।’
नेता कर्णले प्रधानमन्त्री ओलीको प्रतिगमनको आफूहरुले सख्त विरोध गरेको सुनाए । उनले थपे,‘हामीले विरोध गरेका छौं । हुँदाहुँदै गैरसंवैधानिक तवरले संवैधानिक आयोगका नियुक्तहरु भए, र सपथग्रहण भए । कुनै संवैधानिक निकायमा कसैको नियुक्ती हुन्छ भने सर्वोच्च अदालतको न्यायाधीश, संवैधानिक निकायका प्रमुख र सदस्यहरु, राजदूतहरुको नियुक्ती भयो संविधानको धारा २९२ मा सुनुवाई पछि मात्रै नियुक्ती हुन्छ । अहिले ३८ जनाको नियुक्ती भएको छ। यो गैरसंवैधानिक छ ।’

उनले विगतमा सरकारहरुको स्थायित्वमा प्रश्न उठेकोले त्यस्तो घट्ना नहोस भनेर नै ५ वर्ष सरकार चलोस भनेर संविधानमा व्यवस्था गरिएको उनले सुनाए । उनले भने,‘संविधानमा नै यस्तो व्यवस्था हुँदाहुँदै पनि प्रतिनिधिसभा विघटन गर्ने काम भयो, यो कानूनविपरित । संविधानविपरित छ । लिगबाट हिँडको गाडी अब दुर्घटना हुने खतरा छ । अब यो दुर्घटना जोगाउन सर्वोच्च अदालतको क्रेन मात्रै बाँकी छ । अदालतको क्रेनले त्यो गाडीलाई ट्रयाकमा ल्याउनुपर्छ । लिग छोडेर हिँड्यो भने त्यो गाडी दुर्घटना हुन्छ । पार्टी, नागरिक समाज, मिडिया यसको विरोधमा लागेका छौं । संविधान जोगाउने काममा छौं । अधिकार कुण्ठित भएको छ। गाडीलाई ठिक ल्याएर चलाउने हामी सबैको दायित्व हो । जनताको अधिकार सुनिश्चित गराउनुपर्छ ।’

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले त अब फागुनको पहिलो हप्ताबाट प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन हुन्छ भनेर घोषणा गर्नुभएको छ, तपाईहरुको के छ भनाई रु भनेर सोधेको प्रश्नमा उनले भने,‘हाम्रो पार्टीले संयुक्त आन्दोलन गरौं भनेर यसअघि नै भनेको थियो । अहिले संविधानविपरित काम भएको छ । यसको विरोधमा आन्दोलनमा जानुपर्छ भनेर हामीले भनेका हौं । संसद पूनःस्थापनको लागि सभामुखलाई आग्रह गरौं भन्नेपनि हाम्रो निर्णय थियो । सबै पार्टी मिलेर, एकसाथ आन्दोलन गर्नुपर्छ भनेका थियौं । त्यसो गरियो भने जनआन्दोलनमा परिणत हुन्छ ।’

संयुक्त आन्दोलन गर्नेबारे अहिले नेताहरु लागिराखेको सुनाए । तर, यसबारेमा अहिले कुनै निर्णय नभएको कर्णको भनाई छ । उनले भने, कुराकानी भैरहेको छ । तर, यो मितिदेखि, यो गतेदेखि आन्दोलन गर्ने भनेर भनेको छैन् । तर, फागुन पहिलो हप्तामा हुने कुरा प्रचण्डले भनेको कुरा छ । सबैसँग कुरा गर्नुभएको होला । म अन्दाज गर्छु ।’

उनले सभामुख अग्नि प्रसाद सापकोटा अदालत गएको विषयमा आफ्नो धारणा सकारात्मक रहेको सुनाए । उनले भने,‘सभामुख आँफै सर्वोच्च अदालतमा जाने कुरा, सभामुख पनि संविधानभित्रै बस्नुपर्छ । संविधानविपरित काम भयो भनेर उहाँ सर्वोच्च अदालत जानुभयो । गैरकानूनी रुपमा संवैधानिक नियुक्ती र सपथ भयो । यो गैरसंवैधानिक काम हो । कानूनले संविधान परिवर्तन हुँदैन् । बास्तवमा उहाँले सुनुवाईको लागि पठाईएको फाईल पनि फिर्ता गर्नुभयो । मुधा गर्ने उहाँको अधिकार हो । मैले यसलाई सकारात्मक ठानेको छु ।’


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *