देश विदेश

भलिबलका पूर्व खेलाडी बस्नेतको स्मृतिमा अक्षयकोष

शेयर गर्नुहोस्

पोखरा–१६ हिमालय क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय बस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरेको हो ।  

क्लबले अक्षयकोष स्थापनको लागि १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए । कास्की जिल्लामा रही भलिवलको विकासमा उत्कृष्ट योगदान पु¥याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद दशहजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकास थापाले बताए ।  

अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने गरी नियमावली बनाउन क्लवले कार्य समिति सदस्य एवं भलिवलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई जिम्मेवारी दिएको छ । खेल तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका स्वर्गीय बस्नेत भलिवलका पुर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिवल संघका संस्थापक अध्यक्ष हुन् ।  

२०३८ सालमापछि सक्रिय खेल जीवन त्यागेका थिए । २०३७ सालसम्म बस्नेतले पोखराको पृथ्वीनारायण क्याम्पसमा आयोजित अन्तरक्याम्पस भलिबल प्रतियोगिता खेलेको स्व. बस्नेतले खेलेका थिए । स्व.बस्नेत सक्रिय खेल जीवन त्यागेपछि २०५८ सालमा कास्की जिल्ला भलिबल संघको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।  

दुई कार्यकाल जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष समेत बनेका थिए । २०५२÷५३ र २०५४÷०५४ मै दुई कार्यकाल खाएका थिए । दुई कार्यकाल गरी केवल नौ महिनाको समय मात्रै अध्यक्षको सम्हालेका थिए । बिएडसम्मको अध्ययन गरेका बस्नेत २०४९ सालमा भएको निर्वाचनमा पोखरा–१६ का निर्वाचित वडाध्यक्ष समेत हुन् । विभिन्न विद्यालयमा पठन पाठन समेत गराएका थिए । विद्यालय पठन पाठनकै समयमा विद्यालय निरिक्षक भई विभिन्न जिल्ला भ्रमण समेत गरेको समेत स्व बस्नेतका आफन्त एवं चिनजानेकाले बताउँछन् । २०७५ सालमा उनी नेपाल सरकरबाट जनश्री पाँचौबाट विभुषित समेत भएका थिए । 

प्रकाशित: २६ माघ २०७७ १३:४२ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *