देश विदेश

ठूलो मात्रामा अवैध औषधिसहित १ जना पक्राउ

शेयर गर्नुहोस्

विराटनगरबाट ठूलो मात्रामा अवैध औषधिसहित १ जनालाई मोरङ प्रहरीले आइतबार साँझमा पक्राउ गरेको छ। विराटनगर–५ घर भई विराटनगर–१० मा डेरा गरी बस्दै आएका २ जना दाजुभाइले भारतबाट नेपालमा प्रतिबन्धित औषधि ल्याइ बिक्रीवितरण गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए। ‘आइतबार साँझ विराटनगरबाट ठूलो मात्रामा प्रतिबन्धित औषधि बरामद गरेका छौं,’ डिएसपी थापाले भने, ‘दाजुभाइले डेरा लिएर अवैध तरिकाले औषधि बिक्री गर्ने गरेको सूचनाका आधारमा औषधिसहित १ जनालाई पक्राउ गरेको छौं।’

विकास मण्डल  र उनका भाइ विक्रम मण्डलले डेरा गरी बसेको कोठाबाट प्रहरीले १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको ७९ किसिमका विभिन्न औषधिसहित विक्रमलाई पक्राउ गरेको डिएसपी थापाले बताए।  

मण्डलको कोठाबाट औषधिसहित औषधिमा टाँस्न प्रयोग गरिने स्टीकर बबनाउने कलर प्रिन्टरसमेत बरामद गरी थप कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ माघ २०७७ १६:४४ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *