देश विदेश

चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यु

शेयर गर्नुहोस्

रौतहटको वृन्दावन नगरपालिका गाउँको गहुँखेतमा गत २२ माघमा मृत अवस्थामा फेला परेको युवक रितु रामलाई करेन्ट लागेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गहुँबालीलाई जंगली जनावरबाट जोगाउनको लागि वृन्दावन नगरपालिका ९ भुसहा गाउँका मकसुर आलमले आफ्नो खेतमा चारैतिरबाट अल्मुनियमको तार लगाएर विद्युत प्रवाह गरेका थिए। सोही तारमा अल्झेर करेन्ट लागेर २१ गते राति गुजरा नगरपालिका ७ प्रतापपुर पल्टुआका दलित युवक ३४ वर्षीय रितु रामको मृत्यु भएको थियो।

युवक चोरी गर्ने उद्देश्यबाट माघ २१ गते राति ११ बजेको समयमा गुजराबाट वृन्दावन नपाको भुसहा गाउँस्थित महम्मद आलमाको घरमा पस्दा निजले थाहा पाएपछि होहल्ला गर्न थाल्दा छिमेकीहरु लखेट्ने क्रममा चोरी गर्न गएका राम भाग्दै लमहा खोला पारी गएपछि घरका सदस्यहरु फर्किएका थिए। रामको चोरीको प्रयास असफल भएपछि भाग्ने क्रममा जंगली जनावरबाट बालीलाई बचाउनका लागि अल्मुनियमको तारमा अल्झी उक्त तारमा प्रवाह भएको करेन्ट लागेर रामको मृत्यु भएको अनुसन्धानको क्रममा देखिएको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले बताएका छन्।  

मृतक रामको पोष्टमार्टमबाट आएको रिपोर्टको आधारमा अनुसन्धान गर्दै जाँदा गहुँखेतका धनी मसकुरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सबै कुरा स्वीकार्य गरेको एसपी शाहले  जानकारी दिएका छन्।

घटनाको भोलीपल्ट माघ मा विहान ४ बजे मकसुर आफन्तसहित खेततिर जाँदा युवक तारमा अल्झेर लडेको अवस्थामा देख्दा विद्युतीय प्रवाहको स्वीच अफ गरी हेर्दा युवकको मृत्यु भईसकेपछि दुई सय मिटर उत्तरतिरको गहुँबारीमा युवकको शवलाई फालेको मकसुरले स्वीकार गरेको एसपी शाहले बताएका छन्।

पक्राउ परेको मसकुरले सवै अपराध स्वीकार्य गरेपछि सोमवार जिल्ला अदालत गौरबाट सात दिनको ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप गरेर आनुसन्धान भईरहेको जानकारी दिदै एसपी शाहले विना जानकारी वा सूचनाको विद्युतीय प्रवाह गर्नु गैरकानुनी अपराध भएको हुँदा ज्यान सम्बन्धी कसुर मुद्दामा कारवाही हुने स्पष्ट पारेका छन्।

 

प्रकाशित: २६ माघ २०७७ १९:२४ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *