देश विदेश

उत्तराखण्ड हिमनदी विस्फाेट : १८ शव भेटियाे, दुई सयभन्दा धेरै सम्पर्कविहीन

शेयर गर्नुहोस्

काठमाण्डाै – भारतको उत्तराखण्डको चमोली जिल्लामामा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले अहिलेसम्म १८ वटा शव भेटिएको र दुई सय दुई जनाको खोजी भइरहेको बताउनुभएको छ । अटोमेटिक ट्रान्समिट पावर कन्ट्रोल (एटीपीसी) ले सुरुङमा उद्धार कार्य चलाइरहेको उहाँले बताउनुभयो ।

त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का महानिर्देशक एमएन प्रधानले चमोली जिल्लामा हिमनदी विस्फोटपछि कैयौँ व्यक्ति साढे दुई किलोमिटर लामो सुरुङमा फसेको, अहिले एक किलोमिटरसम्म माटो हटाइएको र चाँडै मानिसहरु फसेका ठाउँसम्म पुगिने जानकारी दिनुभयो ।

हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ । ती गाउँका मानिसहरुलाई उद्धार गर्ने काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । 

आइतवार चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गालगायतका नदीमा बाढी आएको थियाे । हिमताल फुटेपछि आएको बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएको छ । अहिले बन्दै गरेको ऋषिगङ्गा जलविद्युत् परियोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अचानक आउने बाढी पहिरोको उच्च जोखिममा पर्ने पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्डमा सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण झण्डै ६ हजार मानिसको ज्यान गएको थियो । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *