देश विदेश

सेनाको गोप्य बेसमा अश्लील भिडियो खिचिरहेको अवस्थामा जलसेनाकी लेफ्टिनेन्ट समातिइन्

शेयर गर्नुहोस्

काठमाडौं। बेलायतको रोयल नेभीकी २९ वर्षकी एक अफिसर विवादमा परेकी छिन् । लेफ्टिनेन्ट क्लेयर जेनकिंग्सले एक एडल्ट वेबसाइटमा आफ्नो भिडियो बेचेर पैसा कमाइरहेको खुलेको छ । उनले यी भिडियो सेनाको अत्यन्तै गोप्य आणविक बेसमा बनाइरहेको खुलेको छ । क्लेयरको भिडियो विवादको खुलासासँगै यो गोप्य स्थानको सुरक्षाको विषयमा चिन्ता बढेको छ । क्याली टेलर भनेर पनि चिनिने क्लेयरका अधिकांश भिडियोहरु स्कटल्याण्डको ग्लासगो शहरको फासले न्यूक्लियर सबमरिन हेडक्वार्टरमा खिचिएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार कमाण्डरले यो कुरा थाहा पाएपछि उनलाई विश्वास नै नभएको एक स्रोतले बताएको छ । क्लेयरले आफ्ना ब्वाइफ्रेण्डसँग ती भिडियो बनाइरहेकी थिइन् । उनका ब्वाइफ्रेण्ड पनि नेभी अफिसर हुन् । यी महिला अफिसरको सेनामा समुद्रमा स्पेसल फोर्स तयार गर्ने जिम्मेवारी छ । यसका अलावा टम हक क्रुज मिसाइलप्रति पनि जिम्मेवार यी अधिकारीले वारफेयर अफिसरको रुपमा एक पनडुब्बीको नेतृत्व पनि गरिसकेकी छिन् ।

उनको व्यक्तित्वको अर्को पाटोबारे भने अहिले मात्र खुलासा भएको हो । उनी आफ्ना तस्वीर र भिडियो ओन्लीफ्यान्स जस्ता प्लेटफर्ममा शेयर गर्छिन् र यसबाट राम्रो पैसा कमाइरहेकी छिन् । यी भिडियोमा उनी आफ्ना प्रेमी लियाम डोडिंगटनसँग देखिन्छिन् । यसबारेमा सोधपुछ गरिँदा क्लेयरले आफ्ना अधिकारीलाई आफ्नो यो कामबारे बताइन् तर उनको भिडियो र फोटो पोस्ट गर्ने सिलसिला रोकिएन ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *