कांग्रेस नेता आचार्य भन्छन् : संयुक्त आन्दोलन असम्भव

शेयर गर्नुहोस्

नेकपाको प्रचण्ड माधव समुहले नेपाली कांग्रेससहितका दलहरूसँग फागुन पहिलोसाता देखि संयुक्त आन्दोलन गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेकपाको प्रचण्ड–माधव खेमासँग संयुक्त आन्दोलन असम्भव रहेको बताएका छन्।  प्रचण्ड र माधव नेपाल विगतमा संविधान विपरितका क्रियाकलापमा ओलीको मतियार बनेको र यतिवेला हिंसात्मक आन्दोलन थालेकाले उनिहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा जान नसक्ने आचार्यले बताएका हुन्।  

नेपालको संविधान २०७२का अभियान्ता सुशील कोइरालाको ५ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने‘विगतमा संविधान विपरितका क्रियाकलापमा प्रचण्ड, नेपाल ओलीका मतियार बनेको र यतिवेला हिंसात्मक आन्दोलन थालेकाले उनिहरूसँग कांग्रेस संयुक्त आन्दोलनमा सहभागि हुँदैन।’  उनले संविधानलाई धुजा वनाउन   ओली जत्तीकै दोषी प्रचण्ड र माधव नेपाल पनि रहेको आरोप लगाए।  उनले संविधानले स्पष्ट व्यवस्था गरेको सभामुख र उपसभामुख दुई वटा पार्टीको हुने व्यवस्था विपरित  नेकपाले एउटै पार्टीको बनाएको, संविधानमा स्पष्ट रुपमा सभामुख र उपसभामुख रिक्त भएको अवस्थामा १५ दिन भित्र नियुक्त गर्ने व्यवस्था विपरित नेकपाको सरकारले प्रतिनिधिसभाको उपसभामुख वर्षौंसम्म पनि रिक्त राखेर संविधान विपरितको काम पहिले देखिनै गरिरहेको आचार्यले बताए।  बारम्बार संविधान विपरित काम गर्दा केहि नबोल्ने प्रचण्ड आज आन्दोलनको नाममा हिंस्रक बनिरहेको आचार्यको भनाई छ।  उनले कांग्रेस हिंसात्मक  आन्दोलनमा कुनै हालतमा पनि जान नसक्ने   बताए।   सर्बोच्चको निर्णय अनुसार कांग्रेसले रणनीति तय गर्ने आचार्यले स्पष्ट पारे।  उनका अनुसार सर्बोच्चले प्रतिनिधिसभा पुनस्थापना गरे संसदबाट संविधानलाई ट्याकमा ल्याउने र पुन:स्थापनाको निर्णय नआए चुनावमार्फत  कांग्रेस जनतामा जाने छ

 

 

प्रकाशित: २६ माघ २०७७ १८:४१ सोमबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *