देश विदेश

कर्णालीमा ९ हजार बढिले लगाए कोभिसिल्ड खोप,लक्ष्य भन्दा कम

शेयर गर्नुहोस्

दान बहादुर बुढा । माघ २६ मुगु । कर्णाली प्रदेशमा हाल ९ हजार ४ सय २० जना लाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको छ । साढे ११ हजार जनामा लगाउने लक्ष्य अनुसार खोप ल्याइएपनि जम्मा  ९ हजार ४ सय २० जनलाई मात्र खोप लगाइएको  पाईएको हो । पहिलो चरणको कोरोना विरुद्धको खोप लक्ष्य अनुसार लगाउन नसकिएको जनाईएको छ  ।  

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीहरू , एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई दिइएको छ । 

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले दिएको जानकारी अनुसार  सबैभन्दा बढी सुर्खेतमा र सबैभन्दा कम डोल्पामा खोप लगाइएको छ । सुर्खेतका २ हजार ३ सय ४० जनाले खोप लगाएका छन् । दैलेखका १ हजार ४ सय ८३, जुम्लाका १ हजार ४०, सल्यानका १ हजार २, रुकुम पश्चिमका ८ सय ५० , कालिकोटका ८ सय , जाजरकोटका ६ सय ७३ , हुम्लाका ४ सय ८५, मुगुका ४ सय १७ र डोल्पाका ३ सय ३० जनाले खोप लगाएको उनले जानकारी दिए । 

कोभिशिल्ड लगाएका मध्ये १ जनामा गम्भीर खालको समस्या देखिएको थियो । यस्तै  ३२ जनामा समान्य स्वास्थ्यमा समस्या देखिएको थियो । हाल भने सबैको अवस्थामा सामान्य रहेको डा. खड्काले बताए । 

पहिलो चरणमा तोकिएका सम्पूर्ण मानिसहरूलाई खोप लगाउने तयारी गरे पनि केही महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरू छुटेको  बताइएको  छ । साथै खड्काले  दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको बताए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *