देश विदेश

दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिज पाकिस्तानलाई

शेयर गर्नुहोस्

एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजमा जित हासिल गरेको छ । दोस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रीकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले दुई खेलको सिरिज जितेको हो । पाकिस्तानले सन् २००३ पछि पहिलो पटक दक्षिण अफ्रीकाविरुद्ध टेस्ट सिरिज जितेको हो ।

पाकिस्तानबाट पाएको ३ सय ७० रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको दक्षिण अफ्रीका सोमबार २ सय ७४ रन जोड्दा अलआउट भयो ।

दक्षिण अफ्रीकाका एडिन माक्रमले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै टेम्बा बाभुमाले ६१ रन जोड्दा भान डेर डुसेनले ४८ रन बनाए । पाकिस्तानका हसन अलि एक्लैले ५ विकेट लिए । शहिन साह अफ्रिदीले ४ विकेट लिए ।

यस अघि पाकिस्तान पहिलो इनिङ्समा २ सय ७२ रन जोड्दा अलआउट भएको थियो । पाकिस्तानका फाहिम आश्रफले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । यस्तै कप्तान बाबर आजमले ७७ रन जोड्दा फावद आलमले ४५ रन बनाए । मोहमद रिजवान १८ रनमा आउट हुँदा इमरान बुटले १५ रन बनाए ।

दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ५ विकेट लिए । केशव महाराजले ३ विकेट लिए । पाकिस्तानले दोस्रो इनिङ्स अलआउट हुँदै २ सय ९८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित रहदै १ सय १५ रनको शतकीय इनिङ्स खेले । दक्षिण अफ्रीकाका जर्ज लिन्डेले ५ विकेट लिए ।

दक्षिण अफ्रीकाले पहिलो इनिङ्समा २ सय १ रन बनाएको थियो । पहिलो टेस्टमा पाकिस्तानले ७ विकेटको जित निकालेको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *