घरमै सुतिरहेकी महिलाको हत्या

शेयर गर्नुहोस्

महागढीमाई नगरपालिका १ बरियारपुरका एक महिलाको आईतबार राती हत्या भएको छ।

बैजनाथ महतोकी श्रीमती कान्ति देवीको घरमै सुतिरहेको अवस्थामा हत्या गरिएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले घरमै कान्ति देबीको हत्या भएको र त्यसको अनुसन्धान प्रहरीले गरि रहेको बताएका छन्।

मृत्यकको टाउको फुटेको र गालामा धारिलो हतियारको घाउ रहेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उनले बताए।

उनका तीन छोरा र एक छोरी घरबाट बाहिर बसेर पढने गरेका थिए भने श्रीमान् अष्टयाम गर्न भन्दै घरबाट बाहिर निस्के पछि उनी घरमा एक्लै भएको बेलामा हत्या गरिएको दावी परिवारका सदस्यहरुले गरेका छन्।

शवको पोष्टमार्टम रिपोट आए पछि थप कुरा खुल्ले बारा प्रहरीले जनाएको छ।

श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *