माघ २६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १३० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ९४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार २ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै थप ७ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४५ पुगेको छ ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया
Facebook Comments Box