देश विदेश

खोटेहाङका सात वडामा खेल मैदान

शेयर गर्नुहोस्

खोटाङको खोटेहाङ गाउँपालिकाका नौ वडामध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एक वटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, खोटेहाङ गाउँपालिका–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा खेलमैदान निर्माण गरेको हो । सात वडामा २०७५/०७६ मा खेल मैदान निर्माणको काम पुरा गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।  

यस्तै, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा चालु आर्थिक वर्ष खेलमैदान निर्माणको काम हुने छ । खोटाङबजारमा खेल मैदानका लागि ५ लाख बजेट बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । जग्गा अभावमा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा भने हालसम्म खेलमैदान निर्माणको काम अघि बढाउन सकिएको छैन । बड्कादियालेमा खेल मैदान निर्माणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।  

गाउँपालिकाका अनुसार ईन्द्रेणीपोखरीमा भने वडा स्तरिय बाहेक पालिका स्तरिय खेलमैदान निर्माण भइरहेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा पालिका स्तरिय भवन निर्माणको काम सुरु गरिएको हो । खेलकुद क्षेत्रको बृत्ति र विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि हरेक वडामा खेल मैदान निर्माणको काम सुरु गरेको हो ।  

दिप्रुङका सवै वडामा खेल मैदान  

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हरेक वडामा एकै साईजका खेलमैदान निर्माण गरेको छ । समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले ७ वटै वडामा सय मिटर लम्बाई र ६० मिटर चौंडाई भएको एक/एक वटा खेलमैदान निर्माण गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाबाट प्रतिवडा १०/१० लाख बजेट विनियोजन गरेर ‘एक वडा एक खेलमैदान’ निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

फुटबल, भलिवल लगायतका खेलको विकासका लागि एकै मापदण्ड र आकारका खेलमैदान निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । खेलमैदान बनेपछि खेलकुद सम्वन्धी गतिविधि सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् ।

प्रकाशित: २७ माघ २०७७ ०९:०७ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *