देश विदेश

११ एयरलाइन्सले उडड्यन प्राधिकरणलाई शुल्क बुझाएनन (विवरणसहित)

शेयर गर्नुहोस्

माघ २७, काठामाडौं । नागरिक उडड्यन प्राधिकरणले विभिन्न  ११  एयरलाइन्समाथि  कारबाहीको  तयारी  गरेको  छ । लामो समयदेखि बुझाउनुपर्ने शुल्क तिर्न अटेर गर्दै आएका ११ एयरलाइन्समाथि कारबाहीको तयारी गरेको हो ।

सोमबार एक सूचना प्रकाशित शुल्क बुझाउन अटेर गर्ने ११ एयरलाइन्समाथि कारबाहीको तयारी गर्दै  प्राधिकरणले  शुल्क  बुझाउन  ३०  दिने  म्याद  दिएको  छ ।  प्राधिकरणले उक्त म्यादभित्र शुल्क नबुझाए कारबाही गर्नेसमेत स्पष्ट पारेको छ । प्राधिकरणले  सार्वजनिक  गरेको सूचनाअनुसार ३० दिनभित्र शुल्क  नबुझाए  एयरलाइन्स  सञ्चालकहरुको  जायजेथाबाट  शुल्क उठाईनेछ ।

नेकोन एयरले  ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ, शिवानी एयरले ५५ लाख ५१ हजार ५३ रुपैयाँ, अल्पाईन एयरले ७२ हजार ७ सय २८ रुपैयाँ, गोरखा एयरले २९ लाख ३५ हजार २९ रुपैयाँ, कर्णाली एयरले  १७ लाख ४६ हजार ३ सय रुपैयाँ, माउण्टेन एयरले  १२ लाख ७३ हजार ६ सय ९४ रुपैयाँ, कस्मिक एयरले  ३ करोढ ४७ लाख ५८ हजार ७० रुपैयाँ, सांग्रिला एयरले  १५ लाख ३७ हजार  रुपैयाँ, स्काईलाईन एयरवेजले  १५ लाख ५० हजार ४ सय रुपैयाँ, एयर काष्ठमण्डपले  ७ लाख ३८ हजार ४ सय ४८ रुपैयाँ र नेपाल एयरवेज ले ५ लाख ५० हजार  ५४ रुपैयाँ शुल्क बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *