देश विदेश

विश्वमा कोरोना : २४ घण्टामा ३ लाख थपिए, संक्रमितको संख्या साढे १० करोड बढी

शेयर गर्नुहोस्

काठमाडौं। विश्वमा पछिल्ला २४ घण्टामा ३ लाख ९ हजार ९ सय ३३ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै विश्वमा कोरोनबाट संक्रमित हुनेको संख्या १० करोड ६९ लाख ८७ हजार ९ सय २९ पुगेको छ।

कोरोनाका कारण हालसम्म २३ लाख ३५ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन् भने, गत २४ घण्टामा ७ हजार ९ सय २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

विश्वभरमा हालसम्म ७ करोड ८९ लाख ७२ हजार ९ सय ६३ जनाले कोरोना संगको लडाईँ जितेका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा ४ लाख ४६ हजार ३ सय ४४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

कोरोनाबाट हालसम्म सबै भन्दा बढी प्रभावित अमेरिका भएको छ। अमेरिकामा हालसम्म २ करोड ७६ लाख ९८ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा मात्र अमेरिकामा ८४ हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म ४ लाख ७६ हजार ४ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको अमेरिकामा गत २४ घण्टामा मात्र १ हजार बढीको मृत्यु भएको छ। अझै पनि ९७ लाख ९ हजार ७ सय ३६ कोरोनाका विरामी रहेको अमेरिकामा हालसम्म १ करोड ७५ लाख १२ हजार ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकापछि कोरोनाको बढी मारमा परेको देश हो भारत। भारतमा हालसम्म १ रोड ८ लाख ४७ हजार ७ सय ९०मा कोरोनाको संक्रमण पुष्टि भएको छ। औषतमा पछिल्ला दिनमा भारतमा कोरोनाबाट संक्रमितहुनेको संख्या निक्कै कमि रहेको छ। कुनैबेला १ लाख प्रतिदिनका दरले संक्रमितको संख्या थपिएको भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोनाका कारण १ लाख ५५ हजार १ सय ९५ जनाले ज्यान गुमाएका छन्। १ करोड ५ लाख ४६ हजार ९ सय ५ जनाले कोरोना सँगको लडाईँ जितेको भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४५ हजार ६ सय ९० रहेको छ।

अमेरिका र भारतपछि ब्राजिलमा पनि कोरोनाको प्रभाव निक्कै बढी परेको छ। ब्राजिलमा हालसम्म ९५ लाख ४८ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ लाख ३२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् भने ८४ लाख ४७ हजार ६ सय ४५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। गत २४ घण्टामा ब्राजिलमा २३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, रसियामा हालसम्म ३९ लाख ८३ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यूकेमा ३९ लाख ५९ हजार ७ सय ८४, फ्रान्समा ३३ लाख ४१ हजार, ३ सय ६५, स्पेनमा २९ लाख ८९ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *