मस्ताङमा गोरु काटेको अभियोगमा चार पक्राउ

शेयर गर्नुहोस्

मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।      

गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टाउको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको उनको भनाइ छ। रासस

 

प्रकाशित: २७ माघ २०७७ १७:१८ मंगलबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.