सरकारले आगामि जेठका लागि घोषणा गरेको दुई चरणको निर्वाचनका लागि अर्थ मन्त्रालयले सात अर्ब रुपैयाँ बजेटको स्रोत सुनिस्चित गरेको छ। बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि स्रोत सुनिस्चित गरेको जानकारी दिए। ‘निर्वाचन आयोगले खर्चका लागि माग गरे अनुसार स्रोत सुनिस्चित गरिएको छ,’ मन्त्री पौडेलले भने। निर्वाचन खर्चको आकार निर्वाचन आयोगले बनाउँदै गरेको उनले जानकारी दिए। सकारले आगामि वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेको छ।
खर्च नहुने बजेटलाई कोभिड र निर्वाचनमा खर्च गर्न लागेको अर्थ सचिव शिशिर ढुंगानाले बताए। ‘अनुत्पादक खर्चलाई कटौती गरेर निर्वाचन र कोभिडका लागि प्रयोग गर्दैछौं,’ उनले भने।
प्रकाशित: २७ माघ २०७७ १७:१० मंगलबार
श्रोत: नागरिक
Facebook Comments Box