बलिउड अभिनेता राजीव कपुरको मृत्यु

शेयर गर्नुहोस्

बलिउड अभिनेता राजीव कपुरको मंगलवार निधन भएको छ। उनको ५८ वर्षको उमेरमा निधन भएको हो। अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाई हुन्।

अभिनेता ऋषि कपुरकी श्रीमती नितु कपुरले सामाजिक सञ्जाल मार्फत राजीवको निधन भएको जानकारी दिएकी छिन्।  

उनको ह्दयघातले निधन भएको परिवारका सदस्यले बताएका छन्। ह्दयघात भए लगत्तै उनका भाई रणधिरले अस्पताल लिएर गएका थिए। अस्पताल पुगे लगत्तै डक्टरले उनलाई मृत घोषित गरेको बताइएको छ।  

राजीवले ‘राम तेरी गंगा मैली’ लगायत दर्जनौ फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: २७ माघ २०७७ १४:४८ मंगलबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *