देश विदेश

कैलालीमा पाँच मतदानस्थल थपिने

शेयर गर्नुहोस्

कैलाली । आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने भएको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाभरी २३१ मतदानस्थल रहेकामा नयाँ थपिसमेत गरेर जम्मा २३६ मतदानस्थल पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ मा पर्ने गोदावरी नगरपालिकाको हाटखोली, र बल्मी तथा चुरे गाउँपालिकाको बालुवागडामा नयाँ मतदानस्थल थप्न लागिएकोे हो ।

यसैगरी निर्वाचन क्षेत्र–२ मा पर्ने मोहन्याल गाउँपालिकाको साब गाउँमा र निर्वाचन क्षेत्र–५ को धनगढी उपमहानगरपालिका–१४ को एच गाउँमा नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।
निर्वाचन क्षेत्र–४ को बालुवागडा र हाटखोली गाउँका मतदाताले मतदान गर्न विगतको निर्वाचनमा दिनभरीको बाटो हिँड्नुपर्ने बाध्यता रहेको थियो । नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको भए पनि अन्तिम निर्णय भने निर्वाचन आयोगले गर्ने कार्यालय प्रमुख भट्टले बताउनुभयो । जिल्लामा प्रतिनिधिसभा सदस्यका पाँच निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधिसभा विघटन भई विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै जिल्लामा निर्वाचनको तयारीस्वरुप मतदाता नामावली अध्यावधिकलगायतको काम भइरहेको छ । जिल्लामा पछिल्लो तीन वर्षमा आठ दशमलव पाँच प्रतिशतले मतदाता थपिएका छन् । थपिएका मतदातासमेत गएको पुस ५ गतेसम्म कूल पाँच लाख ४६ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए । जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *