देश विदेश

केपी ओली मदन भण्डारीको नाम बिर्सिएर पशुपतिनाथको मन्त्र जप्दै हिँडेका छन् : माधव नेपाल

शेयर गर्नुहोस्

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदन भण्डारीको नाम बिर्सिएर पशुपतिनाथको मन्त्र जप्दै हिडेको आरोप लगाएका छन् । नेता नेपालले काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।  

‘केपी जी तपाईले मदन भण्डरीको नाम जप्ने गर्नुहुन्छ । अब मदन भण्डारीको नाम बिर्सिर पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नु भएको छ’, उनले भने, ‘पशुपतिनाथले देशमा असल काम गर्छ, जसले धर्म गर्छ उसलाई मात्रै राम्रो गर्छ । जसले पाप गर्छ उसलाई पशुपतिले पनि राम्रो गर्दैन । केपी ओलीलाई यो कुरा चेतना भया । संविधान मिच्ने मिचाहा, लोकतन्त्रको हत्या गर्ने हत्यारा र जनअधिकार कुल्चनेलाई हेर्दैनन् । ’  

उनले नेपाल कम्युनिस्ट पार्टी पहिलो अध्यक्ष केपी ओली नभएर आफू रहेको पनि बताए । ओलीले मंगलबार निर्वाचन आयोग गएर चुनावी प्रक्रिया सुरु भइसकेको हुँदा आयोगले अब कुनै पार्टीको पनि विवादमा प्रवेश गर्न नहुने भनी दिएको अभिव्यक्तिकोसमेत उनले विरोध गरे । 

‘अस्ति निर्वाचन आयोगलाई धम्क्याएर के भने भने म पहिलो अध्यक्ष हुँ’, नेता नेपालले भने,‘पहिलो अध्यक्ष नेकपाको होइन, ओली गुटको होला । बालकोटको होला । नेकपाको पहिलो अध्यक्ष केपी ओली होइनन् ।’ 

प्रकाशित: २८ माघ २०७७ १७:०७ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *