देश विदेश

महाअभियोगः सिनेटमा पनि आफ्नै पार्टीका सिनेटरहरुले ट्रम्पलाई धोका दिए

शेयर गर्नुहोस्

काठमाडौं। अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो महाअभियोगको सुनुवाइ सुरु भएको छ । सिनेटमा १०० सदस्य हुन्छन् । ५६ जना सांसदले महाअभियोगको सुनुवाइ अगाढि बढाउनुपर्ने र ४४ जनाले यसको विरोधमा मतदान गरे । ट्रम्पमाथि महाअभियोगको प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा मतदान गर्ने सांसदहरुमध्ये ६ जना सांसदहरु रिपब्लिकन पार्टीका हुन् । ट्रम्प पनि रिपब्लिकन पार्टीका हुन् ।

आफ्नै पार्टीका यी ६ जना सांसदले ट्रम्पको विपक्षमा मतदान गरे अर्थात ट्रम्पलाई धोका दिए । यद्यपि यसले मात्रै ट्रम्प दोषी ठहर हुन भने कठिन हुन्छ किनकि सिनेटबाट महाअभियोग पारित हुन् दुई तिहाइ बहुमत चाहिन्छ । १०० को दुई तिहाइ ६७ हुन्छ । अमेरिकी मिडियाले यही अवस्थामा ट्रम्प अघिल्लो महाअभियोगमा जस्तै बच्ने बताएका छन् । महाअभियोगको प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने विषयमा पहिले ४ घण्टा बहस भएको थियो । त्यसपछि मतदान भयो । सिनेटमा रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीका ५०–५० सांसद छन् ।

अब ट्रम्पमाथि लागेको महाअभियोगको प्रस्तावमाथि सुनुवाइ हुनेछ । सुनुवाइमा दुवै पक्षले आ–आफ्ना तर्क राख्नेछन् । सिनेटर्सको ज्यूरीले यसलाई सुन्नेछ र फैसला गर्नेछ । यसमा २ देखि ३ हप्ताको समय लाग्न सक्छ । डेमोक्र्याट्सहरुले ट्रम्पमाथि लगाएको महाअभियोगको प्रस्ताव पारित हुने १०० मध्ये ६७ मत आवश्यक हुन्छ । महाअभियोग प्रस्तावमाथि सुनुवाइ सुरु गर्नका लागि भलै ६ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका छन् तर ट्रम्पलाई दोषी ठहर गर्ने मतदानमा पनि रिपब्लिकनले यस्तै गर्छन् भन्ने सम्भावना अत्यन्तै न्यून छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *