देश विदेश

हिरोइनको पोर्न फिल्म काण्डमा ९ औं गिरफ्तारी

शेयर गर्नुहोस्

काठमाडौं। पोर्न फिल्म बनाएर अनलाइनमा अपलोड गरेको काण्डमा मुम्बइ पुलिसको प्रोपर्टी सेलले गुजरातको सूरतबाट तनवीर हाशमी नामका व्यक्तिलाई पक्राउ गरेको छ । यो मामिलामा अभिनेत्री गहना वशिष्ठ समेत यो ९ औं गिरफ्तारी हो । मुम्बइ पुलिसले गत हप्ता शुक्रबार मुम्बइको मलाड इलाकामा एक बंगलामा छापा मारेको थियो । जहाँ कथित रुपमा पोर्न फिल्मको शुटिङ भइरहेको थियो ।

पुलिसले सुरुमा यो मामिलामा ५ जनालाई गिरफ्तार गरेको थियो । गिरफ्तार हुनेमा कैयौं फिल्म र वेब सिरिजमा काम गरिसकेकी हिरोइन गहना वशिष्ठ, फिल्मकी निर्माता तथा निर्देशक यास्मीन खान समेत थिए । उनीहरुसँग सोधपुछका आधारमा पुलिसले बेलायतस्थित प्रोडक्सन हाउसका प्रतिनिधि उमेश कामतलाई गिरफ्तार गरेको थियो । उनले अथित रुपमा गहनाले पठाएका भिडियोहरु अपलोड गरेका थिए ।

मुम्बइ पुलिसले मंगलबार गत हप्ता दर्ता गरिएको एफआइआरका सम्बन्धमा प्राथमिकी दर्ता गरेको छ । यसमा एक अन्य महिलाले आफूलाई पोर्न फिल्ममा काम गर्न बाध्य पारिएको आरोप लगाएकी छिन् । अहिलेसम्म यो काण्डमा ९ जना गिरफ्तार भएका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *