देश विदेश

लोकतन्त्रको पक्षमा फैसला आएन भने देशमा कसैले थाम्न नसक्ने आँधी आउँछ, हुरी चल्छ : प्रचण्ड

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायहरुले केपी ओलीजस्तो निरङ्कुश र लोकतन्त्र विरोधी व्यक्तिको सनकको भरमा डराएर फैसला नगर्ने विश्वास व्यक्त गरेका छन्। बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालत, निर्वाचन आयोगले संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने बताए।

‘आजको विरोध सभामा भएको जनताको उपस्थितिले पक्कैपनि सम्मानित अदालतलाई सहज भएको छ। संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा फैसला हुनेछ भन्ने म ठान्दछु। त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन नेपालमा । हाम्रो संवैधानिक निकायहरुले केपी ओलीजस्तो एउटा निरङ्कुश र लोकतन्त्र विरोधी व्यक्तिको सनकको भरमा डराएर फैसला गर्छन भनेर म पत्याउँ त ?,’ प्रचण्डले भने।

प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोध सभाको आयोजना गरेको थियो। देशका विभिन्न जिल्लाका कार्यकर्ताले सहभागिता जनाएको सभामा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए।

प्रकाशित: २८ माघ २०७७ १८:३६ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *