देश विदेश

रामकुमारी झाक्रीको आक्रोस : ‘निरंकुशताको साक्षी बस्ने खलपात्र बिरुद्ध बोल्न पाइन्छ’

शेयर गर्नुहोस्

माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरुद्धमा प्रचण्ड-नेपाल समूहले बुधबार प्रदर्शन आयोजना गरेको छ । कार्यक्रममा बोल्दै केन्दीय सदस्य रामकुमारी झाक्रीले राष्ट्रपति विद्या भण्डारीलाई सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा भएको बताएकी छिन् ।

एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?

उनले राष्ट्रपति प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को एउटा कोठाको एसिस्टेन्ट जस्तै बनेको बताएकी छन् । उनले भनिन ‘एउटा कोठाको एसिस्टेन्ट जस्तै प्रधानमन्त्री वा मन्त्रिपरिषद्को निर्णयलाई खुसुक्क सहिछाप गर्ने ?’ उनले राष्ट्रपति पद नभएर बलिदानीले प्राप्त गरेको संस्था भएको बताएकी छिन् ।

कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले थपिन,एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

निर्मला पन्त,भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत हुँदा महिला अस्मिता बलात्कृत भएको बताएकी छिन् । उनले अघि भनिन,’महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ ।’

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *