देश विदेश

भिजिट भिसामा महिलालाई परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य !

शेयर गर्नुहोस्

माघ २८, काठमाडौं । भिजिट भिसामा महिलालाई जान कडाई गर्न भन्दै एक्लै विदेश जाने महिलाले परिवारको सहमति र वडा कार्यालयको अनिवार्य सिफारिस चाहिने व्यवस्था प्रस्ताव गरिएको छ । अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सो प्रावधान सहितको नयाँ कार्यविधि स्वीकृतिका लागि गृह मन्त्रालयमा पेश गरेको हो ।

गृह मन्त्रालयले केहि समय अगाडी भिजिट भिसाको दुरुपयोग भएको निश्कर्ष सहित एक छानविन समिति बनाएको थियो । सोही समितिको सुझावलाई समेत मध्यनजर गर्दै कार्यविधि संशोधनको प्रस्ताव गरिएको हो ।

विभागले भिजिट भिसाको दुरुपयोग रोक्ने उद्देश्य सहित कार्याविधि संशोधन गर्न लागेको बताएपनि यसले महिला र पुरुषबीच विभेद गर्ने देखिएको छ । हाल भिजिट भिसामा महिला र पुरुष दुवै जाने गरेका छन् । तर पुरुषले भनें त्यस्तो सहमति र सिफारिस बुझाउनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छैन । विभागका महानिर्देशक रमेशकुमार केसीले पनि कार्यविधि मन्त्रालयमा पठाइएको बताए ।

भिजिट भिसामा जानेहरुले अब अनिवार्य रुपमा १५ लाखको बीमा गर्नुपर्ने प्रावधान पनि प्रस्ताव पनि गरिएको छ । विदेशमा विरामी भएर उपचार गर्नुपरेमा वा मृत्यु भएमा शव नेपाल ल्याउन समस्या हुने गरेका कारण बीमा अनिवार्य गर्ने अध्यागमन विभागको प्रस्ताव रहेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *