देश विदेश

श्री राई र शकुन्तलाको नयाँ गीत ‘मैले के गरु ?’ सार्वजनिक

शेयर गर्नुहोस्

गायक तथा रचनाकार तिलक बस्नेतको शब्दमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक श्री राई र गायिका शकुन्तला प्रसाईको आवाजमा ‘मैले के गरुम’ बोलको नयाँ गीत सार्वजनिक भएको हो। 

उक्त गीतमा संगीत पनि तिलक बस्नेतकै रहेको छ। गीतको भिडियोलाई कलेज नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोलाई निकै कलात्मक शैलीबाट निर्माण गरिएको छ। भिडियोमा जीवेश सिंह गुरुंग,सुनिषा बजागाई, कन्चन खड्का, युगज्योति क्रियासिल, चोकी शेर्पा र चिरन जीबी सापकोटाको अभिनय रहेको छ।

उक्त गीतको सुरताल डिजिटल रेकर्डिङ स्टुडियोमा रमेश सेन्चुरीले संगीत समायोजन गरेका हुन। राजेश घिमीरेले खिचेको  भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन्। भिडियोमा बिशाल महराकोे निर्देशन रहेको छ।

प्रकाशित: २८ माघ २०७७ १५:५६ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *