देश विदेश

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

शेयर गर्नुहोस्

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबारमा बुधबार भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सको विषयमा छलफल गरिएको थियो ।

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ ।

छलफलका क्रममा बोल्दै मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने अपेक्षा व्यक्त गरिन् । इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणाअनुसार ५ सय जना बढी नेपाली विद्यार्थीहरुलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको भन्दै उक्त तालिमबाट नेपाली विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपाल सरकारले लिएको विश्वास व्यक्त गरिन्।

नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजार बढी नेपालीहरु इजरायलमा रहेको भन्दै मन्त्री अर्यालले इजरायल पुगेका नेपालीहरुप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको बताइन् ।

जवाफमा नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । जसमा नेपाली कृषकहरुले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व बृद्धि गर्ने लक्ष्य रहेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *