देश विदेश

१० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने प्रचण्डको चेतावनी

शेयर गर्नुहोस्

माघ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको हित् र भावना नबुझे अर्कोपटक १० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने चेतावनी दिएका छन्।

बुधबार प्रचण्ड-नेपाल समूहले आयोजना गरेको संसद विघटन बिरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘अर्को पटक फेरी १० लाख जनता लिएर बालुवाटार र सिंह दरबार घेर्न नपरोस’ उनले भने,’यो लडाई जित्नै पर्छ,हामीले जित्छौ,नजितेसम्म हुँदैन,केपीको चुनावी नौटंकी हुनेवाला छैन, त्यसको भ्रममा कोहि नपरौ ।’

उनले संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले विवेक प्रयोग गरेर जनताको भावना समेत बुझ्न आग्रह गरेका छन् । ‘ संवैधानिक निकायहरुले स्वतन्त्रढंगले विवेक प्रयोग गरुन, प्रचण्डले भने,’कसैको डर,धाक,धम्की नहेरुन, जनताको अनुहार हेरुन,जनताको भावना पढून ।’

उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई चुनावको भ्रममा नपर्न सचेत गराएका छन् । ‘लोकतान्त्रिक आन्दोलनको नेताको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक पक्षको छवी भनाएको जनता समाजवादी लगायतका पार्टीहरु अब कुनै प्रकारको भ्रममा नपरौ ‘ उनले भने।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *